आईसीसी टी–२० विश्वकप : स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित

काठमाडाैं । आईसीसी टी–२० विश्वकपमा नेपालले अन्तिम खेलमा जित निकालेको छ । मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित निकालेको हो। भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा टस जितेर फील्डिङ गरेको नेपालले निर्धारित २० ओभरमा विपक्षीलाई १७० रनमा रोकेको थियो। त्यस क्रममा स्कटल्यान्डले ७ विकेट गुमायो। […]