एनपीएलमा अनियमितताको आरोपबारे छानबिन गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनियमितताको आरोपबारे छानबिन गर्न खेलकुद मन्त्रालयले बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।  कार्यदलकी अध्यक्ष रञ्जना प्रधानले खेलकुद मन्त्री तेजुलाल चौधरीलाई आज प्रतिवेदन बुझाएकी हुन् । एनपीएलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मन्त्रालयले छानबिनका लागि कार्यदल बनाएको थियो । कार्यदललाई सुरुमा १५ दिनको म्याद दिइएको थियो । […]