हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार सम्हालेसँगै प्रदेश सरकारको खर्च कटौती र मितव्ययिता अपनाउँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । स्वकीय सचिवालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले सरकारी निकायहरूलाई आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउन निर्देशन दिँदै आएको बताइएको छ। बानियाँले आफूले पनि त्यही अभ्यासलाई कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् । मुख्यमन्त्री […]