युट्युब च्यानलबाट तौल घटाउने औषधि सेवन गर्ने एक युवतीको मृत्यु

मदुरैको सेलूर क्षेत्र अन्तर्गत मीनाम्बलपुरमकी स्थायी बासिन्दा कलैयारसी निजी कलेजमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिइन्। प्रहरीका अनुसार कलैयारसीको तौल अलि बढी थियो। युट्युब च्यानलमा गरिएको दाबीको आधारमा उनले स्थानीय औषधि पसलबाट बोरेक्स किनेकी थिइन्। तौल घट्छ भन्ने आशामा उनले यसको सेवन गरिन्।