एनपीएल क्रिकेटमा अवैध अनलाइन सट्टेबाजी मार्फत २ करोडभन्दा बढीको कारोबार

नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण चलिरहेका बेला अवैध अनलाइन सट्टेबाजीमार्फत २ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको खुलासा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलनमार्फत राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरुद्ध गरिएको विशेष अभियानबारे जानकारी सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निगरानी […]