काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । शाहीले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको आठौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बन्न प्रस्तावसमेत गरेका […]