काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित स्मृति कार्यक्रमप्रति आपत्ति जनाएकी छन्। नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनअगाडि आयोजित कार्यक्रमले आन्दोलनका सहिद, घाइते तथा पीडित परिवारको भावनालाई सम्बोधन गर्न नसकेको उनको टिप्पणी छ। उनले कार्यक्रमको स्वरूप, मञ्चको बनोट र धर्मगुरुहरूको उपस्थितिको औचित्यमाथि समेत प्रश्न उठाएकी छन्। ‘परिवारको […]