सपनाकी सपना!

बस! त्यो एउटा शब्दले मेरो सम्पूर्ण प्रेमकथा त्यहीँ सडकको छेउमा दुर्घटनाग्रस्त भयो। भुइँचालोले धर्ती भासिएजस्तो भयो। पहाड आएर थिचेजस्तो भयो। तासको घर गर्ल्यामगुर्लुम ढलेजस्तो भयो। मैले सपनासँग बुनेका सबै कल्पनाका धागाहरू एकैचोटि चुँडिए।