बुटवल। नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले नेपालमा कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न विभिन्न शक्ति केन्द्रहरू लागेको बताउँदै कम्युनिस्ट पार्टीमा भइरहेको चौतर्फी हमला रोक्न आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउनु भएको छ । पार्टीले वरिष्ठ नेतामा मनोनीत गरेपछि पहिलो पटक राजनीतिक कार्यक्रममा सहभागी हुँदै मंगलबार एमाले रूपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा भण्डारीले पार्टीभित्र भएका कमजोरीलाई सुधार […]