विश्वकप : खेल हुँदै गर्दा दर्शक मैदान छिरेपछि…

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत बेल्जियम र सेनेगलबीच सियाटलमा जारी रोमाञ्चक खेलको बीचमै सुरक्षा घेरा तोडेर दर्शकहरू मैदानभित्र प्रवेश गरेपछि खेल केही बेर बिथोलिएको छ। खेल चलिरहेकै अवस्थामा एकसाथ तीनजना व्यक्ति सुरक्षाकर्मीको आँखा छल्दै मैदानभित्र दौडिएका थिए। दर्शक एक्कासि मैदान छिरेपछि खेललाई झन्डै एक मिनेट रोक्नुपरेको थियो। मैदानभित्र जथाभाबी दौडिरहेका ती व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा […]