कामना सेवा विकास बैंकलाई लगातार बिपिए गोल्ड अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड ‘नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्रको ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने उक्त अवार्ड बैंकले लगातार दोस्रो वर्ष जितेको हो । यसअघि बैंकले बीपीए अवार्ड–२०२३ मा सिल्भर र बीपीए अवार्ड–२०२४ मा गोल्ड अवार्ड प्राप्त गरेको थियो । […]