बजेट परम्परागत सोचबाट प्रभावित, कार्यान्वयन आधार कमजोर : सुरेन्द्र पाण्डे

नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले हालै सार्वजनिक गरेको बजेट परम्परागत सोचबाट प्रभावित रहेको टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बजेटले निजी क्षेत्रलाई उत्साहित पार्ने प्रयास गरे पनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको दाबी गरे। उनका अनुसार सरकारले प्रस्तुत गरेको आर्थिक वृद्धिदर, […]