स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको वीर अस्पतालमा सरुवा भएको छ। मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीसँगै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको समेत कमान्ड सम्हालिरहेका डा. बुढाथोकीलाई वीर अस्पतालमा कामकाज गर्ने गरी पठाइएको हो।