न्युयोर्क शहरका प्रतिष्ठित अस्पतालहरूको व्यवस्थापन पक्षले नर्सहरूका मागलाई बेवास्ता गरेपछि करिब १५,००० नर्सहरू हडतालमा उत्रिएका छन्। न्युयोर्क राज्य नर्स एसोसिएसनको नेतृत्वमा सोमबार बिहान ६ बजेदेखि सुरु भएको यो आन्दोलन शहरको इतिहासकै सबैभन्दा ठूलो नर्स हडताल भएको बताइएको छ। लामो समयदेखि जारी वार्ता असफल भएपछि नर्सहरू हडतालमा उत्रिएका हुन्। अस्पताल व्यवस्थापनले नर्सहरूका मुद्दालाई सम्बोधन गर्न नमानेपछि […]