मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षणका लागि मुस्ताङ पुगेका छन्। शुक्रबार बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते पुग्नुभएका मन्त्री लम्सालसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, मन्त्रालय तथा विभिन्न विभागका प्रतिनिधिहरू पनि सहभागी छन्। कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार टोलीले […]