छुसाङ–घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत यहाँको बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ स्थित घमी सडक योजनालाई अर्थ मन्त्रालयबाट तीन अर्ब १५ करोड रुपैयाँ बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरिएको छ ।  अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको गत सोमबारको पत्र अनुसार यहाँको कोरलानाका जोड्ने छुसाङ–घमी ४० दशमलव २० किलोमिटर […]