मलेसियाले ५ नोभेम्बरदेखि २७५ म्यानपावरबाट मात्रै श्रमिक लिने

मलेसियाले नेपालमा एकतर्फी रूपमा सिमित कम्पनीमार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया लागू गरेर सिन्डिकेट गर्न खोजेको आरोप छ। यो समस्या समाधानका लागि कूटनीतिक पहल हुनुपर्ने आवाज उठिरहेको छ। यसैबीच, बेस्टिनेटले ६ अक्टोबर अर्थात असोज २० गते मेमो जारी गर्दै सिमित कम्पनीबाट मात्रै श्रमिक लिने जनाएको हो।