खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार मृत फेला परेकी छिन् । उनी दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् । परियार सोमबार राति मार्से सामुदायिक वनमा मृत फेला परेकी हुन् । उक्त सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार परियार सोमबार साँझ कार्यालयबाट बाहिर निस्केकी थिइन् । […]