खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तीते फापर उत्पादन गरेको छ । गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको एक लाख बजेटबाट यस वर्ष ११ मुरी तीते फापर उत्पादन गरेको हो । गाउँपालिकाको लगानीमा उत्पादन गरिएको औषधीय गुण भएको तीते फापर बिक्रीका लागि प्रतिकेजी ९० रुपैयाँ मूल्य […]