मृतकका परिवारलाई ५० हजार दिने चक्रघट्टाको निर्णय, आज शोक बिदा

सर्लाही– मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका एक गर्भवती महिलासहित १३ जनाको मृत्यु भएको थियो […]