‘सडक पूर्वाधारमा २५ अर्बको क्षति, पुनर्निर्माण कार्ययोजना बन्दै छ’  : सचिव सिग्देल

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भोटेकोशी विपदबाट सडक पूर्वाधारमा करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको बताएका छन्। सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सचिव सिग्देलले क्षतिग्रस्त सडक तथा पुलको वर्गीकरण गरी तत्कालीन र दीर्घकालीन पुनर्निर्माण कार्ययोजना तयार भइरहेको जानकारी दिएका हुन्। उनका अनुसार नागरिकको आवागमन सहज बनाउने […]