भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज बिहान आगलागी भएको हो । आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायताबाट करिब दुई घण्टामा आगो नियन्त्रणमा लिएको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगलागीबाट ठूलो क्षति […]