भण्डारी पक्राउपछि दूरसञ्चार नियमनमाथि प्रश्नैप्रश्न, स्मार्ट टेलिकम प्रकरणले कहाँसम्म तान्ला अनुसन्धान ?

स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी अनुसन्धानमा तानिएपछि अब चासो उनको पक्राउभन्दा पनि तत्कालीन नियामक नेतृत्वले स्मार्ट टेलिकम प्रकरणमा के भूमिका निर्वाह गरेको थियो र अनुसन्धानको दायरा कहाँसम्म पुग्छ भन्नेमा केन्द्रित भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भण्डारीमाथि ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको बताइएको छ। […]