चौतर्फी विरोधपछि सरकार ‘ब्याक’, लोक सेवाको विज्ञापनबारे प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण

स्थायी पदपूर्तिमा रोक लगाउने निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले आफ्नो धारणा स्पष्ट पार्दै लोक सेवा आयोगका नियमित विज्ञापन नरोकिने जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै सचिवस्तरीय बैठकको निर्णयलाई लिएर सार्वजनिक भएको भ्रमप्रति स्पष्ट पार्दै लोक सेवा आयोगमार्फत हुने नियमित विज्ञापन यथावत् रहने जनाएको हो। कार्यालयका अनुसार संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण […]