१४ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको व्यवसाय, शिखर अग्रस्थानमा हुँदा अरुको अवस्था कस्तो ?

चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म नेपालका निर्जीवन बीमा कम्पनीहरूले कुल ३६ अर्ब ५८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त व्यवसाय गत आर्थिक वर्षको सोही अवधिको ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँको तुलनामा १३.८६ प्रतिशतले बढी हो। कम्पनीगत रूपमा शिखर इन्स्योरेन्स सर्वाधिक चार अर्ब […]