डिजेल तथा पेट्रोलबाट चल्ने गाडीलाई विद्युतीयमा परिवर्तन गर्न पाइने, कानुन ल्याउँदै सरकार

सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न सकिने गरी नीतिगत निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो रूपान्तरणका लागि आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले सवारीसाधन रूपान्तरणसम्बन्धी कानुनी गाँठो फुकाउने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार पेट्रोलियम पदार्थको बढ्दो अभाव र अन्तर्राष्ट्रिय बजारमा […]