काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त पार्टी कार्यालयको पुनर्निर्माण सुरु गर्न कार्यकर्तालाई आव्हान गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि उनले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणमा योगदान गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिए ।