सञ्जय दत्तले गरे पशुपतिनाथ दर्शन, आजै स्वदेश फर्किने

काठमाडौं–  बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् । हिजो काठमाडौं आइपुगेका दत्तले आज बिहान पशुपतिनाथको पूजा–अर्चना गरेका हुन्  । दर्शनका क्रममा उनीसँग सीमित सहयोगी मात्र उपस्थित थिए भने सुरक्षाको व्यवस्था पनि गरिएको थियो । पशुपतिनाथ दर्शनपछि दत्त आजै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ।