कांग्रेस महाधिवेशन वैशाखमा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नियमित महाधिवेशन वैशाखमा गर्नुपर्ने प्रस्ताव गरेका छन्। शुक्रबार अपराह्न ४ बजे बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा खड्काले २८-३१ वैशाख २०८३ मा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन्। प्रस्तावमा सभापति शेरबहादुर देउवाको कार्यकाल जेठ मसान्तसम्म रहने उल्लेख छ। एक सदस्यका अनुसार उक्त प्रस्तावमाथि छलफल जारी छ। बैठकमा विशेष […]