आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू

काठमाडाैं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि औपचारिक रूपमा शुरू भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५) को अवसर पारेर हरेक वर्ष झैँ मनाइने यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ । […]