राप्रपा प्रवक्ता श्रेष्ठले बालुवाटार बैठकमा जे देखे– ‘जेन–जीका एजेण्डा ‘हाइज्याक’ भइसकेछन्’

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको त्रिपक्षीय वार्तामा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जेन–जी आन्दोलनमा सहभागी युवाबीच विभाजन देखिएको बताएका छन् । उनले बैठकमा राप्रपाका तर्फबाट आफूले देखेका बुँदाहरू पनि शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच भएको उक्त बैठकमा सहभागी महामन्त्री […]