काठमाडौँ । सरकारले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनाका घाइतेको उपचार खर्च र मृतकका परिवारलाई क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रचलित कानुनबमोजिम उपचार खर्च, क्षतिपूर्ति र बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सवारी धनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको छ । […]