केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा कुटानीपिसानीदेखि घरेलु उद्योग सञ्चालनसम्म सहज भएको छ। घरघरमा बिजुली पुगेपछि स्थानीयले विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् भने शिक्षा र सूचना–सञ्चारमा समेत पहुँच बढेको छ। विद्युत् विस्तारसँगै स्थानीयले मिलको सहायताले कुटानीपिसानी गर्न थालेको वडाले जनाएको छ। यसबाट परम्परागत रूपमा गर्नुपर्ने काममा लाग्ने श्रम […]