महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी क्षेत्र औद्योगिक क्षेत्रको शिलान्यास गरे। सुदूरपश्चिममा औद्योगिक क्षेत्र स्थापना हुने खवरले यहाँको निजी क्षेत्रदेखि स्थानीयवासीसम्मले खुसियाली व्यक्त समेत गरे। तर २०७७ फागुनमा शिलान्यास भएको औद्योगिक क्षेत्र स्थापनाको काम रूख कटान र भोगाधिकारको विषयको फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय वरिपरि घुमिरहेको छ […]