संसद्‌मा दलको आधिकारिक धारणा मात्रै प्रस्तुत गर्न आग्रह

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद नारायण प्रसाद आचार्यले संसदमा जनताको आवाज ओझेलमा परेको गुनासो गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नेपालको संसदीय अभ्यास हेर्दा राष्ट्र र जनता भन्दा पनि व्यक्तिगत स्वार्थ केन्द्रित भएको हो कि भन्ने परिस्थिति बनेको पाइएको छ,’ उनले भने । […]