काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (सोमबार) उनले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुसँग श्रम समस्याका विषयमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। यसै सन्दर्भमा उनले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो […]