विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली प्रारम्भिक टोलीकाे घोषणा

काठमाडाैं। आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो। उक्त टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का र कविता जोशी लगायत रहेका छन् । टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण शुरू गर्नेछ। […]