काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षमा आचार्यलाई र सदस्य पदमा नवराज सिंखडा एवं रोशनबहादुर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।