जेन-जी प्रतिनिधिले गरे संविधान संशोधन छलफल बहिष्कार : सरकारलाई ६ बुँदे चेतावनी

काठमाडौं– जेन–जी जनआन्दोलनका प्रतिनिधिहरूले सरकारले आयोजना गरेको संविधान संशोधनसम्बन्धी छलफलमा बहिष्कार गरेका छन्। प्रतिनिधिहरूले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत छलफलका लागि गरिएको आमन्त्रण अस्वीकार गरेका हुन्। विज्ञप्तिमा नेपालको संविधानलाई समयानुकूल संशोधन गर्नुपर्नेमा आफूहरू स्पष्ट रहेको उल्लेख गर्दै संशोधन प्रक्रिया पारदर्शी, जवाफदेही र समावेशी हुनुपर्नेमा जोड दिइएको […]