एसियाली बैङ्कबाट १४ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी) बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।