पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका ४५ वर्षीय पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहसँग अछाम पुगेका बेला ढलेर मष्तिष्क घात भएका उनको आइतबार निधन भएको हो । उनको पार्थिव शरीर चलचित्र विकास बोर्डमा श्रद्धाञ्जलीका लागि राखेर पशुपति आर्यघाट लगिएको थियो । […]