वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला?

वैज्ञानिकहरूले डीएनएमा हुने रासायनिक परिवर्तन, प्रोटिनको मात्रा तथा अन्य जैविक सूचकका आधारमा जैविक उमेर अनुमान गर्ने विधि विकास गरेका छन्। तर यी विधिका पनि सीमितता छन्। परीक्षणको नतिजा फरक पर्दैमा कुनै व्यक्तिको वास्तविक आयु कति बढ्छ वा घट्छ भन्ने निर्धारण गर्न सकिँदैन।