एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री सतहको तापक्रम गत सेप्टेम्बरमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको छ । वैज्ञानिकहरूले यसका कारण सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने चेतावनी दिएका छन् । इयुको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार प्रशान्त महासागरको ‘निनो ३.४’ […]