बाढी प्रभावित क्षेत्रबाट हवाई माध्यममार्फत ४१९१ जनाको उद्धार, साढे आठ हजारभन्दा बढी सैनिक परिचालन

काठमाडौँ । नेपाली सेनाले बाढी प्रभावित विभिन्न क्षेत्रबाट हवाई साधनमार्फत हालसम्म चार हजार १९१ जनाको उद्धार गरेको जनाएको छ। सेनाले बिहीबार साँझ साढे ६ बजेसम्मको खोज तथा उद्धारसम्बन्धी विवरण सार्वजनिक गर्दै उद्धार गरिएकामध्ये तीन हजार ९०८ नेपाली र २८३ विदेशी नागरिक रहेको जानकारी दिएको हो। सेनाले उपलब्ध गराएको विवरणमा कुल उद्धार संख्या सुरुमा चार हजार […]