काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी माग गरेका छन् । टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको बारे उपभोक्ताको गुनासो नघटेको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्री डा. तिमिल्सिनाले नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारका विषयमा आज जानकारी लिएका हुन् […]