डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । अविरल वर्षापछि आइतबार राति करिब ३ बजे धुलाखोला र आसपासका खोल्साबाट आएको लेदोसहितको बाढी गाउँमा पसेको हो । बाढीको चपेटामा परी स्थानीय ५६ वर्षीया आनन्दी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ […]