गर्मी बढेपछि महोत्तरीका विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी– महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन् ।  पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आज शुक्रबार (२२ जेठ)देखि आउने सोमबार (२५ जेठ)सम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि बर्दिबास नगर कार्यपालिकाको कार्यालयले बिहीबारदेखि नै विद्यालय पूर्ण रूपमा बन्द गरिसकेको छ । घामको […]