सुकुम्बासी बस्तीमा डोजर : संघ र स्थानीय सरकारबिच टकरावको संकेत
संघीय सरकार जिल्लामा समेत अतिक्रमित जग्गा खाली गर्न तम्तयार छ। जिल्ला प्रशासन कार्यालयले केही दिनअघि जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसहितको सहभागितामा राखेको छलफलमा अतिक्रमित जग्गा खाली गर्ने निर्णय गरेको छ।