वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनले ओलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । वाईसीएलको अध्यक्षमा केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए । महासचिवमा गणेश शाही निर्वाचित भएका छन् । […]