पोखरा– साउनको दोस्रो सोमबार आज पोखराको केदारेश्वर मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । पोखराका मठमन्दिरमध्ये साउनमा केदारेश्वर मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्दछ । पूजाआजा गर्न आउनेबाहेक मन्दिर परिसरमा अपांगता भएका, आर्थिक सहयोग संकलन गर्ने र पूजा सामग्री व्यापारको संख्या पनि उल्लेख्य हुन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी